काठमाडौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूका लागि ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्ने भएको छ।
कार्यालयले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार कुल ५० करोड रुपैयाँ बराबरको उक्त बचतपत्र ५ वर्षे अवधिको हुनेछ। यस बचतपत्रमा वार्षिक ७.५ प्रतिशत ब्याजदर तोकिएको छ र ब्याज हरेक ६/६ महिनामा खरिदकर्ताको बैंक खातामा भुक्तानी गरिनेछ।
बचतपत्र खरिदका लागि आवेदन २०८२ कार्तिक २५ गते बिहान १० बजेबाट २०८२ मङ्सिर २५ गते अपराह्न ४ बजेसम्म खुला रहनेछ। तर तोकिएको रकम बराबरको आवेदन समयअघि नै प्राप्त भएमा बिक्री अवधि समाप्त हुने कार्यालयले जनाएको छ।
यो बचतपत्र मुलुकबाहिर रोजगारीमा रहेका नेपाली, रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक, तथा गैरआवासीय नेपालीले खरिद गर्न सक्नेछन्। उनीहरूले आफू वा आफ्ना बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा वा छोरी को नाममा पनि खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।
खरिद गर्न न्यूनतम सीमा रु १० हजार तोकिएको छ भने बढीमा कुल निष्कासित रकम बराबरको सीमासम्म खरिद गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ