काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे ।
एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा। धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव
प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
अब सञ्चारमन्त्रीलाई जनताले हराउँछन् : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’