काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप गरेको छ । विहीबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले भने,‘आजको बैठकले विभिन्न निर्णय गरेकामध्ये नेपाल प्रहरीमा तीन एआईजीपीको दरबन्दी थप गर्ने पनि हो । ’प्रहरी प्रधान कार्यालय, नक्सालले तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए ।
प्रशासनतर्फ तीन एआएजीपीको दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फको एआईजीपीको संख्या प्रशासनतर्फ ८ पुगेको छ भने प्राविधिकतर्फ एकजना गरेर जम्मा एआईजीपीको संख्या नौ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
प्रहरीका ११ जना एसएसपीको सरुवा
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन