काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कसरी बचाउने भनेर प्रयासरत रहेको बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भएको छलफलपछि प्रचण्डले सत्ता गठबन्धन बचाउने प्रयासका लागि छलफल भइरहेको जानकारी दिए ।
उनले एमसीसीलाई कसरी निकास दिने भन्नेमा नै आफूहरुको छलफल केन्द्रित रहेको उल्लेख गरे । उनले गठबन्धनको छलफलबाटै सबै बिषयको निकास आउने दावी गरे ।
बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया दिएनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार