नारायणी नदी तटबन्धका लागि दोस्रो चरणको ठेक्का आह्वान

प्रकाश सिग्देल

बुधबार, ०४ फागुन २०७८, १६ : ४३
नारायणी नदी तटबन्धका लागि दोस्रो चरणको ठेक्का आह्वान

चितवन । नारायणी नदीमा तटबन्धका लागि दोस्रो चरणको ठेक्का आह्वान भएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ठेक्का आव्हान भएको बताईन् ।नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरले बुधबार ठेक्काको सूचना जारी गरेको हो । नारायणी नदीको तटबन्धको दोस्रो प्याकेज भरतपुर महानगरपालिका–१७ गाँजीपुरदेखि भरतपुर–२६ को हीरापुरसम्मको पाँच किमीक्षेत्रमा कंक्रिट ब्लक सहित ग्याबिन जालीका लागी ९९ करोडको टेण्डर आव्हान भएको जानकारी दिईन् ।

नारायणी नदीको भेल बर्सेनि वर्षामा बस्ती पस्ने गरेको छ । त्यसको रोकथामका लागि ५  अर्बको तटबन्ध निर्माण सुरु गरिएको हो । निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ । बाँकी ३ खण्डको पनि यही महिनाभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ ।

पाँच खण्डमा विभाजन गरेर बोलपत्र आह्वान गर्ने व्यवस्था गरिए अनुसार यो दोस्रो खण्डको ठेक्का आह्वान भएको हो ।  आयोजना प्रमुख रवीन्द्र थापाले कंक्रिटको ब्लक, जाली र साना ठूला ढुंगा राखेर त्यहाँ तटबन्ध निर्माण गरिने बताए । ‘तीन मिटरदेखि ४.५ मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिने छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री प्रचण्डको विशेस जोडबलमा नारायणी तटबन्धनका लागि बजेट बिनियोजन भएको हो । 

त्यसमा चितवन र नवलपरासीतर्फ तटबन्धका लागि २३ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत आएको छ । सोमध्ये पहिलो चरणमा पाँच अर्बको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो। मन्त्रालयले ५ अर्ब बराबरको बजेटको स्रोत सुनिश्चतता गरेपछि आयोजनाको काम अघि बढेको हो ।

नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिका एवं विनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन ।

 

प्रतिक्रिया दिनुहोस