काठमाडौं । आज सेयर बजार ९.८४ अंकले घटेको छ । ०.७२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३४.४४ अंकमा झरेको छ ।
दोहोरो अंकले बजार घटेको दिन कोरोबार रकम पनि घटेको छ । आज ३ अर्ब २ करोड ६३ लाख ३० हजार रुपैयाँको बराबरको कारोबार भएको छ । २ सय ३१ वटा कम्पनीको ५६ लाख ५२ हजार १ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्तको ३.४४ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो । धेरै कारोबार भने अपि पावर कम्पनीको भएको छ । सो कम्पनीको २१ करोड १४ लाख ६५ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार