काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५३ अंक माथिको वृद्धि आएको छ । आइतबार १०१ अंकले घटेर सोमबार स्थिर जस्तै रहेको बजारमा तेस्रो दिन अर्थात् मंगलबार पुन: ५४ अंक माथिको वृद्धि आएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक ५३.३० अंकले बढ्दै २७ सय ५४.२८ विन्दुमा उक्लिएको छ । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.८३ अंकले बढेर ५२२.१३ विन्दुमा पुगेको छ ।
आज सबैजसो उपसूचक धनात्मक भएर सेयर बजारमा हरियाली छाएको छ । तर ५३ अंक माथिले बढेको बजारमा कारोबार रकम भने राम्रो हुन सकेन । ५३.३० अंकले बढेको बजारमा जम्मा तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार तेस्रो दिन घट्यो सेयर बजार
२६ अंकले घट्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार