आइएमई पे र एभरेष्ट बैंकवीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, ११ : २९
आइएमई पे र एभरेष्ट बैंकवीच सम्झौता

काठमाडौं ।आइएमई-पे र एभरेष्ट बैंकवीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ। डिजिटल सहजताका लागि सम्झौता गरिएको हो। यो सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू आइएमई पे एपमा प्रयोग गर्न सक्नेछन् ।

आइएमई-पेले हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको छ। यस लिङ्क-अपमार्फत निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायत सुविधा लिन सकिन्छ।

आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्छ। बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न सकिन्छ। जसका लागि बैंक खाताको विवरण पनि चाहिँदैन।