महोत्तरी । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।
एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडाैँमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए ।
स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनिएकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ फागुन २०७८, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग