काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताएका छन् ।
आइतबार आयोजित अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’ मार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताए ।
देशभरका सार्वजनिक विद्यालयमा केको आवश्यकता छ, त्यो अनलाइन मार्फत हेरि आवश्यकता अनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायतका शीर्षकमा बजेट छुट्याउन सकिने बताए ।
‘सबै विद्यालयको भौतिक अवस्था, विद्यार्थीको संख्या वेभसाइटमा अपडेट भएपछि त्यहाँ चाहिने आवश्यक पूर्वाधार, आइसीटी ल्याब बनाउने गरी मन्त्रालयले तयारी गरेको छ, ’मन्त्री पौडेलले भने, ‘कुन जिल्लाको कुन विद्यालयको अवस्था कस्तो छ भन्ने अब वेभसाइटमा हेरेर थाहा हुन्छ ।’
मन्त्रालयमा आउने सबैले सार्वजनिक शिक्षा सुधारको कुरा नगर्ने बताउँदै अधिकार प्राप्तिको कुरा लिएर आउने गरेको बताए ।
विद्यालय राम्रो बनाउन प्रध्यानध्यापक नै सक्रिय हुनुपर्ने बताउँदै व्यवस्थापन समितिको समन्वयमा विद्यालय नमुना बनाउन सकिने तर्क गरे । उनले आवश्यक १८ हजार शिक्षकको विज्ञापन भएर परीक्षाको चरणमा रहेको उल्लेख गरे ।
७५३ स्थानीय पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने काम भइरहेको बताउँदै भएकालाई नियमन गरी थप व्यवस्थित गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ फागुन २०७८, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्दा सङ्कलनबाट विद्यालयलाई बस हस्तान्तरण
नेपालमा कति छन् विद्यालय ?
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
संस्थागत विद्यालय समेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
जनप्रतिनिधिलगायतले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती