काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशले एकता र जागरणको सन्देश दिएको बताएका छन् ।आइतबार मधेश प्रदेशले आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब अन्य प्रदेश र संघीय सरकारले पनि यसको अनुशरण गर्नुपर्ने बताए ।
‘मधेसले एकता र जागरणको सन्देश दियो,’ उनले भने, ‘अब सबै प्रदेश सरकार र संघीय सरकारले पनि या त मधेसको अनुशरण गर्नुपर्छ नत्र भने अप्ठ्यारोमा पुग्नु पर्ने । यो सन्देश आज मधेसबाट गएको छ ।’
कार्यक्रममा माओवादी युद्धका सहिदलाई सम्मान समेत गरिएको थियो । प्रचण्डले मधेश प्रदेशले नामकरण र जनयुद्ध दिवस मनाएर रेकर्ड कायम गरेको भन्दै यसले अन्य प्रदेशलाई समेत चुनौती दिएको बताए ।
‘मधेस प्रदेशको नामाकरणले रेकर्ड दियो, आज जनयुद्ध दिवसको आयोजना गरेर अर्को रेर्कड राख्नुभयो,’ प्रचण्डले भने, ‘अरु प्रदेशलाई पनि तपाईंहले चुनौती दिनु भएको छ( बलिदानलाई कसरी बुझ्ने भनेर ।’
प्रचण्डले कार्यक्रममा मधेसको नागरिकता समस्या समाधान र मधेसको भावना समेट्ने गरी संविधान संशोधन गर्न लागि पर्ने समेत प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’