‘बादल’काे स्टाटस- ‘जनयुद्धका सहिदहरुलाई श्रद्धाञ्जली, बेपत्ता र घाइतेहरुप्रति उच्च सम्मान’

सफल खबर संवाददाता

आइतबार, ०१ फागुन २०७८, १३ : ०८
‘बादल’काे स्टाटस- ‘जनयुद्धका सहिदहरुलाई श्रद्धाञ्जली, बेपत्ता र घाइतेहरुप्रति उच्च सम्मान’

काठमाडौंं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादु थापा ‘बादल’ले २७औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सुभकामना दिएका छन् । सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै उपाध्यक्ष थापाले जनयुद्ध दिवसको सुभकामना दिएका हुन् ।

‘जनयुद्ध जनआन्दोलन लगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरणगर्दै उहाँहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु।’

साथै उनले बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरणगर्दै उच्च सम्मान रहेको बताएका छन् । ‘सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु,’ उनले भनेका छन् । पूर्वमाओवादी तथा जनयुद्धको नेतृत्व गरेका बादल पार्टी परित्याग गरि हाल नेकपा एमालेमा रहेका छन् । उनी एमालेको भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।

व्यक्त गरेका छन् । त्यस्तैगरी उनले सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस