काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। उनले रिक्त रक्षामन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पदमा नियुक्तिको तयारी गरेका हुन्।
रक्षामन्त्री र उद्योगमन्त्री दुई दिनभित्रै नियुक्ति गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेको एक नेताले बताए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा हारेपछि तत्कालीन रक्षामन्त्री डा मीनेन्द्र रिजालले गत पुस १ गते पदबाट राजीनामा दिएका थिए।
यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि तत्कालीन उद्योगमन्त्री गजेन्द्र हमालले असोज २४ गते राजीनामा दिएका थिए। स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले शनिबार सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग पनि छलफल गरेका छन्।
‘प्रधानमन्त्रीज्यूले पर्सि (सोमबार) सम्म मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ’, ती मन्त्रीले शनिबार दिउँसो नेपालखबरसँग भने, ‘यसका बारेमा आज (शनिबार) प्रचण्डजी र माधव नेपालजीसँग पनि छलफल गर्नुभएको छ।’
प्रधानमन्त्री देउवाले पार्टीको १४औँ महाधिवेशनमा सघाएका कांग्रेस नेता प्रकाशमान सिंहको सिफारिसमा एक जनालाई मन्त्री बनाउने बताइएको छ। स्रोतका अनुसार सिंहको सिफारिसमा सुजाता कोइराला र राजन केसीमध्ये कुनै एक जना मन्त्री बन्ने निश्चित छ। रक्षामन्त्री भने अझैँ टुंगो लागि नसकेको स्रोतको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ माघ २०७८, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा