स्थानीय निर्वाचनमा ६ दलले मात्र पाउने भए चुनाव चिह्न

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १९ : ३३
स्थानीय निर्वाचनमा ६ दलले मात्र पाउने भए चुनाव चिह्न

काठमाडौँ ।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलले मात्र आफ्नो दलको निर्वाचन चिह्न प्रयोग गर्न पाउने भएको छ ।

राष्ट्रिय दलको मान्यता प्राप्त गरेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र आफनो दलको निर्वाचन चिह्न पाउने छन्। त्यसबाहेक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित निर्वाचन आयोगमा दर्ता भएका १ सयभन्दा बढी दलले आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाउने छैनन्।  

राष्ट्रिय मान्यता प्राप्त गरेका ६ दलबाहेकका दलहरूका उम्मेदवारलाई निर्वाचन आयोगले अन्य स्वतन्त्र उम्मेदवारलाई प्रदान गर्ने निर्वाचन चिह्नको समूहबाट तोकिएबमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले प्रदान गर्ने चिह्नबाट नै चुनाव लड्नुपर्ने हुन्छ ।
स्थानीय तह निर्वाचनसम्बन्धी ऐन, २०७३ को दफा (२६) को उपदफा (६) मा  भएको प्रावधानका कारण राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नो दलको निर्वाचन चिह्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस