आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १० : ५७
आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

काठमाडौं  । विदेशी मुद्राको आजकाे विनिमय दर सार्वजनिक भएकाे छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४० पैसा र बिक्री दर १२० रुपैयाँ कायम गरेको छ ।

 युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ६१ पैसा र बिक्री दर १३७ रुपैयाँ २९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ दुई पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६९ पैसा र बिक्री दर ८६ रुपैयाँ १२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६०  पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३४  पैसा र बिक्री दर १० रुपैयाँ ४०  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७७  पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८३ पैसा र बिक्री दर ३१ रुपैयाँ ९९ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७९ पैसा र बिक्री दर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम  छ । 

 

प्रतिक्रिया दिनुहोस