यमनमा दर्जनौं हुथी बिद्रोहीको मृत्यु

एजेन्सी

बुधबार, २६ माघ २०७८, १० : १०
यमनमा दर्जनौं हुथी बिद्रोहीको मृत्यु

काठमाडौं । यमनमा विद्रोहीको नियन्त्रणमा रहेको शहरलाई लक्षित गरी गरिएको आक्रमणमा यमनी दर्जनौँ लडाकू मारिएको दावी यमन सरकारले गरेको छ ।

हुथी बिद्रोहीले संयुक्त अरब इमिरेट्समा मिसाइल आक्रमण गरेपछी यमनी हुथी विद्रोही समूहलाई लक्षित गरी जवाफी कारबाही गर्दा दर्जनौं लडाकु मारिएका हुन् । यमन सन् २०१४ देखि उत्तरको अधिकांश भागलाई नियन्त्रण गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनको सहयोग प्राप्त सरकार र इरान समर्थित हुथी समूह बीचको गृहयुद्धमा मुछिएको छ ।

हुथी विद्रोहीहरुले युएई प्रशिक्षित फौजबाट क्षेत्रीय रूपमा हार व्यहोरेपछि आबुधाबीमा भएको शृंखलाबद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमणमा यूएईका तीन तेल कामदारको ज्यान गएपछि यूएई र साउदी गठबन्धन सैनिक हुथी विद्रोहीमाथि थप आक्रामक देखिएका छन् ।

यसैबीच, हुथीहरूले छिमेकी साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएका छन् र सैन्य गठबन्धनको सदस्य संयुक्त अरब इमिरेट्समाथि पनि यस्तै आक्रमण गरेका छन् ।

यमनका लाखौं सर्वसाधारण अनिकालको सँघारमै बाँचिरहेकाले यमनलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय संकट रहेको मुलुकको रुपमा ब्याख्या गरेको छ।

प्रतिक्रिया दिनुहोस