एमाले चितवनको अध्यक्षमा न्यौपाने सर्वसम्मत, आजै सपथग्रहण

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, ०९ : २३
एमाले चितवनको अध्यक्षमा न्यौपाने सर्वसम्मत, आजै सपथग्रहण

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । अन्य जिल्लाहरुमा अधिवेशन सम्पन्न भएपनि चितवनमा अध्यक्षका प्रत्यासीहरु धेरै देखिएपछि अध्यक्ष हुन सकेको थिएन् । 

लामो रस्साकस्सीका बिच आज जिल्ला नेतृत्वको टुंगो लागेको हो । १० औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको एमालेका एक नेताले बताए । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् । 

श्रोतका अनुसार आजै १३२ सदस्सीय जिल्ला कमिटीको घोषणा हुँदैछ । सपथग्रहण कार्यक्रम दिउँसो १ बजे पार्टी कार्यालयमा आयोजना हुने बताईएको छ । पुस २३ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनले एक महिनापछि नेतृत्व दिन सफल भएको हो । अधिवेशनपछि जिल्लाका धेरै नेता कार्यकर्ता कोरोना संक्रमित र पार्टी पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवालीका पिताको मृत्यु भएका कारण अधिवेशनको नेतृत्व चयनका काम रोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस