‘चपली हाइट ३’  फागुन १ गतेदेखि  प्रदर्शनमा आउने

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, १८ : १३
‘चपली हाइट ३’  फागुन १ गतेदेखि  प्रदर्शनमा आउने

काठमाडौं । फिल्म ‘चपली हाइट ३’ आगामी फागुन १ गतेदेखि फेरि रिलिज हुने भएको छ । निर्माण संस्था अर्जुन कुमार फिल्म प्रालिले मंगलबार एक बिज्ञप्ती जारी गर्दै प्रदर्शनबारे जानकारी गराएको हो ।

‘पुस ३० गतेबाट प्रदर्शनमा आएको हाम्रो चलचित्र प्रदर्शन हुँदाहुँदै नेपाल सरकारले हल बन्द गरेको कारण स्थगित भएको थियो । अव फेरि हल खुलेसँगै फागुन १ बाट फिल्म प्रदर्शनमा आउदैछ’ निर्माता अर्जुन कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्माता अर्जुनकुमारले फेरि फिल्म रिलिज हुनु आफ्ना लागि दोस्रो मौका भएको समेत बताएका छन् । उनले  मिडिया, प्रदर्शकलगायतबाट सहयोगको अपेक्षा रहेको समेत बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रिलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस