काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यस्तै मंगलबार बिहान पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ।
यस्तै दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस्तै प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका एक दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ माघ २०७८, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज देशभरको मौसम कस्तो रहला ?
आजको मौसम : यी स्थानमा चट्याङसहित वर्षा, हावाहुरीको सम्भावना
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?