बनियानी । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।
प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बीओपी) ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ माघ २०७८, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
लागुऔषधसहित तीन जना पक्राउ
लागुऔषधसहित ४ जना पक्राउ
लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ