काठमाडौं । इरानमाथि लगाएइका प्रतिबन्ध फुकवा गरी आणविक वार्ता थाल्न अमेरिकामाथि दबाव परेको छ । अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले इरानमाथिको प्रतिबन्ध फकुवा गरेर वार्ताका लागि प्राविधिक छलफल गर्न थाल्नु पर्ने बताएका छन् ।
सन् २०१५ को आणविक सम्झौतामा फर्कन अमेकिारलाई दबाव परेकाले वासिङ्टन र तेहरानबीचको वार्ता अघि बढाउन दबाव परेको अन्तर्राष्ट्रिय समाचार संस्थहरुले जनाएका छन् ।
यसअघि पनि पटक पटक भएका वार्ताहरु अन्तिम चरणमा प्रवेश गरेपछि ट्रम्प प्रशसनले एकतर्फी रुपमा सहमति भङ्ग गरेपछि इरान र अमेरिकाको सम्बन्ध चिसिएको थियो ।
त्यसपछि अमेरीकाले एकतफी रुपमा इरानमाथि प्रतिबन्धको घोषणा गरेको थियो । अमेरिकाको एकल निर्णयको रुस,चीन र युरोपेली मुलुकहरुले पनि विरोध जनाएका थिए । सन् २०१८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेसँगै दुवै देशबीचको विवाद बढ्दै गएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेलगत्तै इरानसँगको सम्बन्ध सुधारका लागि आफू वार्ता गर्न तयार रहेको बताउनुभएको थियो । त्यसलगत्तै बाइडेन प्रशासन र इरानबीच अष्ट्रियाको भियनामा पटक पटक भएका वार्ताहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ माघ २०७८, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा