काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (आईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ ।
सशस्त्र प्रहरीमा हाल साधारण उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । यसमा इन्सपेक्टरको सिसं ५ का एक र सिसं ६ का ५६ जना इन्सपेक्टर डीएसपी हुने भएका छन् । सिसं ५ का केशव अवस्थी कारबाहीमा परेकाले बढुवामा ढिलाइमा परेका हुन् ।
उता, सिसं ६ अन्तर्गत ९३ जना इन्सपेक्टर भएकोमा अहिले ८५ जना छन् । ८५ मध्येबाट ५६ जना डीएसपी बन्नेछन् । २१ फागुन २०६२ मा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका उनीहरू १६ वर्षसम्म पनि इन्सपेक्टरमै छन् ।
सशस्त्र प्रहरीमा अहिले एक डीआईजी पद रिक्त छ । गत ९ असारमा एक वर्ष पदावधि थप नभएकाले अवकाश पाएका प्रवीणकुमार श्रेष्ठको पद अहिलेसम्म पनि रिक्त राखिएको छ । उनले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा किनारा लागिसकेको छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ माघ २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान
सशस्त्रका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)
सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर
सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा