काठमाडौँ । मधेस आन्दोलनपछि महन्थ ठाकुरलाई नयाँ दल खोल्ने महत्वपूर्ण सहयोग गरेका नेता वृषेशचन्द्र लालले लोसपा छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा०लाई ब्युँत्याउने भएका छन् ।
जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संगठनात्मक संरचना निर्माणमा ठाकुरसहितको समूह सक्रिय रहेका बेला लाल लगायतका असन्तुष्ट नेताहरुले तमलोपालाई ब्युँत्याउन लागेका हुन् । लालले विभिन्न जिल्लाका नेताहरुसँग यस विषयमा सम्पर्क र छलफल भइरहेको बताए ।
‘लोकतान्त्रिक रुपमा सञ्चालन गर्ने, आन्तरिक लोकतन्त्रको मजबुत भएको र संस्थागत निर्णय हुने पार्टी बनाउन खोजेका हौं’ लालले भने, ‘यस विषयमा तराई मधेसका विभिन्न जिल्लाका साथीहरुसँग छलफल गरिरहेका छौं ।’ लालले पुरानो तमलोप दर्ता गरेर निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरिसकेको बताए । ‘अहिले यस क्षेत्रमा मौसम त्यही अनुकूल छैन । त्यसैले जिल्ला भेलाहरु आयोजना गर्न सकेका छैनौं तर विभिन्न माध्यमहरुको प्रयोग गरेर सरसल्लाहमा रहेका छौं’ लालले भने ।
लाल निकटका नेताहरु फागुनभित्र नयाँ दलले आकार लिइसक्ने बताउँछन् । लालको यो अभियानलाई संविधानसभाका सदस्य विजयकुमार सिंहले साथ दिँदै आएका छन् । जनकपुर नगरपालिकाका पूर्व मेयर लाल मधेस आन्दोलनपछि नेपाली कांग्रेस छाडेका ठाकुरलाई तमलोपा गठन गर्नका लागि महत्वपूर्ण सहयोग गरेका थिए । लालले मधेस आन्दोलनले उठाएको विषयलाई अहिलेको मधेसवादी दलका नेतृत्वले सही रुपमा अघि बढाउन नसक्ने दाबी गर्दै आएका छन् ।
‘मधेसमा उठाएको समानता, समावेशिता, स्वशासनको मुद्दाहरु नेपालका लागि ऐतिहासिक थियो । ती मुद्दाहरुलाई मधेसका पार्टीहरुले अघि बढाउन सकेनन् । त्यसको कारण नेतृत्व नै प्रमुख हो’ लालले आफ्नो सम्पर्कमा आएका नेताहरुलाई भन्ने गरेका छन् नेतृत्वले यो सबै कुरालाई तोडमडोर गरेर प्रस्तुत गर्यो । सबै आन्दोलनको उर्जालाई सत्ता र सरकारमा भजाउन खोज्यो । अहिले सत्ता र सरकारको गठबन्धनका लागि मधेस केन्द्रीय दल हामी हौं भन्न पनि छाडेका छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ माघ २०७८, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने
लोसपाले जनमतबाहेक सबै दलसँग सहकार्य गर्ने
लोसपाको बैठक आजपनि बस्दै
लोसपाः केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने