मस्को । रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटावार्ता भएको छ । बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीच शुक्रबार भेटवार्ता भएको हो ।
रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ । भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सीलाई बताएका थिए ।
यसअघि युक्रेन मामिलामा पश्चिमा देश र रसियाबीच तनाव बढिरहेका बेला अमेरिकाले ग्यास पाइपलाईन अवरोध गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ माघ २०७८, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट