एमसिसी संसदबाट पास गराउन जसपा र लोसपा सकारात्मक

पत्रपत्रिकाबाट

शुक्रबार, २१ माघ २०७८, ०८ : ०३
एमसिसी संसदबाट पास गराउन जसपा र लोसपा सकारात्मक

काठमाडौं । तराई मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ।

प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।

जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले सार्वजनिकरूपमै एमसिसी पास गराउन लबिङ गरिरहेका छन्। जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एमसिसीको पक्षमा औपचारिक रूपमा केही बोलेका छैनन् । तर पनि उनी पास गर्नुपर्ने कित्तामा रहेको स्रोत बताउँछ। यादव निकट मानिने जसपा कार्यकारिणी समितिका सदस्य मृगेन्द्रसिंह यादवले जसपाले एमसिसी पास गर्ने औपचारिक निर्णय नगरे पनि त्यसको पक्षमा रहेको बताए।

‘हाम्रो अध्यक्षज्यू ९उपेन्द्र यादव० पनि एमसिसीको विरोधमा हुनुहुन्न, पक्षमा हुनुहुन्छ भन्ने मेरो बुझाइ छ,’ यादवले भने, ‘तर यस विषयमा पार्टीमा औपचारिक छलफल भने भएको छैन।’ आफू व्यक्तिगत रूपमा एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा रहेको यादवले बताए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस