मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासका निर्माण सामग्री

सफल खबर संवाददाता

बुधबार, १९ माघ २०७८, १४ : ५६
मन्त्री झाँक्रीले हटाइन् धोबीखोला आसपासका निर्माण सामग्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबिखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामाग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुणासो गरेका थिए । स्थानीयको उक्त गुणासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगेटर राखिएका निर्माण सामाग्री हटाएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिरणका नायब विकास आयुक्त नारायण भण्डारीले डोजर लगाएरै करिडोरको सडक ओगेटर राखिएका निर्माण सामाग्री हटाइएको बताए । ‘यहाँबाट उठाएर लगिएको निर्माण सामाग्री कुनै खाली स्थानमा राखिन्छ,’ उनले भने, ‘हामीले राखेको निर्माण सामाग्री लिन आउनेलाई एकपटक दिइन्छ । फेरी यसैगरी सडक ओगटेर राखेमा जरिवाना लगाउन सकिन्छ ।’

धोबीखोला करिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माणसामाग्री राखिएको थियो । यस्तै, सडकका फुटपाथ ओगटेर राखिएका ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको भण्डारीले जानकारी दिए ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामाग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गरेका थिए । स्थानीयको उक्त गुणासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगेटर राखिएका निर्माण सामाग्री हटाएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिरणका नायब विकास आयुक्त नारायण भण्डारीले डोजर लगाएरै करिडोरको सडक ओगेटर राखिएका निर्माण सामाग्री हटाइएको बताए । ‘यहाँबाट उठाएर लगिएको निर्माण सामाग्री कुनै खाली स्थानमा राखिन्छ,’ उनले भने, ‘हामीले राखेको निर्माण सामाग्री लिन आउनेलाई एकपटक दिइन्छ । फेरी यसैगरी सडक ओगटेर राखेमा जरिवाना लगाउन सकिन्छ ।’

धोबीखोला करिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माणसामाग्री राखिएको थियो । यस्तै, सडकका फुटपाथ ओगटेर राखिएका ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस