काठमाडौं । राष्ट्रियसभा उपचुनावमा नेकपा एसका उम्मेदवारले जितेकोमा हौसिँदै पार्टी अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लागेको टिप्पणी गरेका छन् । राष्ट्रियसभा चुनावमा गठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जितेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दाबी गरेका हुन् ।
आफूहरुको मुख्य चुनौती एमाले नामको केपी गुट भएको भन्दै उनले त्यसविरुद्ध सशक्तरुपमा उत्रन आग्रह गरेका छन् । नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय चुनावमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाए । ‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो, आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ’, उनले भने ।
कम्युनिस्ट पार्टीभित्र आएको असहज परिस्थितिले कर्मचारी संगठन पनि प्रभावित भएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने– केही नेताहरुले कर्मचारीलाई ढाल मात्रै बनाउन खोजेका कारण समस्या भयो, अब संगठन पुनर्गठन गरेर अघि बढ्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ माघ २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल