चितवन । कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी छिन् ।
बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताइन् । गौतमले आफूहरूको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गरिन् ।
त्यस्तै, गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्बिएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०८३, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यौनजन्य हिंसासम्बन्धी कसुरमा कानुनी अवरोध अध्ययन गरी संशोधन प्रक्रिया अघि बढाउने सोविताको पहिलो निर्णय
विगतको जनप्रतिनिधिका अनुहार, काठमाडौं २ मा सोविता गौतममाथि उठेका प्रश्न
सोविता गौतमले निर्वाचन आयोगमा किन गरिन् झुठ्ठो विवरण पेश ?
गगन थापा, सोविता गौतम, शिशिर खनाल लगायतका नेताहरू आयोगको कालोसूचीमा
संसदमा सोविताको प्रश्न-‘मैले बोलेको कुरा जिम्मा लिन्छु, कसैले नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने' ?