यातायात कार्यालयमा रहेका लिखित फाइललाई डिजिटलाईजेशन गर्न मन्त्री दाहालको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, १४ : ५४
यातायात कार्यालयमा रहेका लिखित फाइललाई डिजिटलाईजेशन गर्न मन्त्री दाहालको निर्देशन

काठमाडौं । बागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइललाई डिजिटलाईजेशन गर्न निर्देशन दिएका छन ।

शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयमा रहेका अस्तव्यस्त फाइलले ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए ।

मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल सो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइल अनलाइनमा परिणत गर्नुपर्ने उनले बताए ।यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाई पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने उनको तर्क छ ।

यातायात कार्यालयमा बिचौलियाका कारण इमान्दार कर्मचारीले पनि दोष पाइरहेको बताउँदै उनले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन समेत सचेत गराए ।

प्रतिक्रिया दिनुहोस