काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ ।
सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भने १ करोड ५७ लाख रुपैयाँ विकास बैंक र ५२ लाख रुपैयाँ वित्त कम्पनीहरुले पाउने छन् ।
उक्त निक्षेप २०७८ फागुन २ गतेदेखि आगमी वर्ष २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । तर, यस निक्षेपका लागि इच्छुक बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने र निष्कृय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने सर्त राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै