काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ ।
सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भने १ करोड ५७ लाख रुपैयाँ विकास बैंक र ५२ लाख रुपैयाँ वित्त कम्पनीहरुले पाउने छन् ।
उक्त निक्षेप २०७८ फागुन २ गतेदेखि आगमी वर्ष २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । तर, यस निक्षेपका लागि इच्छुक बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको हुनुपर्ने र निष्कृय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने सर्त राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने