काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डि मारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेको अग्रता जोगाउदै अर्जेन्टिनाले आठौं जित निकाल्यो ।
खेलको नवौँ मिनेटमा रोड्रीगो डि पौलको पास सदुपयोग गर्दै डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाए । बेन डाइजले २०औँ मिनेटमा गोल गर्दा घरेलु टोली चिली खेलमा फर्कियो । तर, मार्टिनेजले ३४ मिनेटमा गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाए ।
बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सफल भएनन् । आज बिहान भएको खेलमा ब्राजिल र इक्वेडरले १-१ गोलको बराबर खेल्दै अंक बाँडेका छन् । ब्राजिल र अर्जेन्टिना यसअघि नै विश्वकपको लागि छनोट भइसकेका छन् ।
ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । जितपछि अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा रहँदा अर्जेन्टिनासँग पराजित चिली १६ अंकसहित सातौँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित
अर्जेन्टिना उरुग्वेसँग २-० ले पराजित
अर्जेन्टिनाको लगातार दोस्रो जीत
फ्रिकिक गोलमा अर्जेन्टिनालाई जिताउँदै मेस्सीले गरे बेकहम्याम र स्वारेजको कीर्तिमानसँग बराबरी
पानामामाथि अर्जेन्टिनाको जित, मेसीले गरे करिअरको ८०० औं गोल
मेसीको परिवारद्वारा संचालित सुपरमार्केटमा जथाभावी गोली प्रहार