अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

एजेन्सी

शुक्रबार, २० भदौ २०८२, १० : ०४
अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

एजेन्सी । लियोनल मेसीको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा भेनेजुएललाई ३–० गोल अन्तरले हराएको छ ।

गएराति ब्युनर्स आयर्सको स्टाडियो मोनुमेन्टलमा भएको खेलको ३९ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ८० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

अर्जेन्टिनाका लागि अर्को एक गोल लउटारो मार्टिनेजले ७६ औं मिनेटमा गरेका हुन् । यसअघि नै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले १७ खेल खेल्दा ३८ अंक बनाएको छ ।

आइतबारको अन्य खेलमा कोलम्बियाले बोलिभिया तथा उरुग्वेले पेरुलाई समान ३–० ले पराजित गर्दा पाराग्वे र इक्वेडरले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस