खेलकुद मन्त्री गहतराजले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, १५ : ४५
खेलकुद मन्त्री गहतराजले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण

चितवन । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।

आज विहान रामपुरमा बन्दै गरेको रंगशालाको मन्त्री गहतराजसंगै युवा तथा खेलकुद मन्त्रालयका सचिव, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतको टोलीले रंगशालाको निरीक्षण गरेको हो ।

पाँच महिनादेखि आर्थिक अभावले रंगशाला निर्माणको काम ठप्प भएपछि खेलकुद मन्त्री स्थलगत अवस्था बुझ्न आज विहान चितवन आइपुगेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस