सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयोग

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, ०९ : ४७
सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयोग

तेह्रथुम । सहाराविहीन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी श्रीहाङमा लिम्बुनीलाई सहयोग प्राप्त भएको छ । लिम्बुनी सहाराविहीन रहेको खबर सार्वजनिक भएपछि बेलायतबाट उनलाई जीवनभर चामल सहयोग गर्ने प्रतिबद्धता आएको हो ।

ताप्लेजुङको पक्ताङलुङ गाउँपालिका( ३ खेबेङमा जन्मेर हाल बेलायतमा रहदै आएका कलाकार मान तबेबुङ ुनाजमु ले लिम्बुनीलाई जीवनभर चामल सहयोग गर्ने भएका हुन् । आयाक्थुङ लिम्बु भाषा,लिपी,संस्कार संस्कृति संरक्षणमा चासो देखाउँदै आएका लिम्बु लामो समयदेखि दुस्खी पीडितलाई सहयोग गर्दै आएको बताउँछन् ।

उनले लिम्बु भाषाका तीन एल्बम र नेपाली भाषाको एउटा एल्बम निकालिसकेका छन् । उनी भन्छन्, ‘श्रीहाङमाको समाचार देखेपछि मन छोयो र र बुढीआमाले जीवनभर काम नगरी चामल खान पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको हुँ ।’ श्रीहाङमा अविवाहित नेष्ठ नागरिक हुन् । उनी एक्लै बस्दै आएकी छिन् । 

प्रतिक्रिया दिनुहोस