‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने एक २५ वर्षिय युवकको यस्तो अनौठो धन्दा...

पत्रपत्रिकाबाट

बुधबार, १२ माघ २०७८, ०८ : ५०
‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने एक २५ वर्षिय युवकको यस्तो अनौठो धन्दा...

काठमाडौं । राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो । सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका अधिकारीहरूले थोरै पनि समय खेर फालेनन् । जब अनुसन्धानका क्रममा नयाँनयाँ तथ्य खुले, राजस्वका अधिकारीहरू नै तीनछक परे ।

राजस्वका अधिकारीहरूले पाएको सूचना यस्तो थियो– २५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रूपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन् । जब सामान्य मानिसको खातामा तीन महिनामै साढे ३७ करोड बढी रुपैयाँ जम्मा भयो । राजस्व अनुसन्धान विभागका अधिकृतहरूले पाएको यो सूचना कच्चा खालको थियो ।

यही कच्चा सूचनाका आधारमा विभागले गरेको अनुसन्धानले भने प्रविधिको सहयोगमा हुने गरेको नयाँ खालको अपराधलाई सतहमा ल्याएको छ । नयाँ खालको अपराध अवैध अमेरिकी डलर अपचलनसँग सम्बन्धित छ । जसअनुसार नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रूपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गर्ने गरिएको थियो । यसलाई नेपालमा अवैध मानिएको छ । यसलाई क्रिप्टोकरेन्सीको कारोबार भनेर पनि भनिन्छ ।

आफूलाई प्राप्त सूचनापछि राजस्वका अधिकारीहरूले छानबिन थालेका २५ वर्षका युवक कैलालीको लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का हुन् । अनुसन्धानका क्रममा उनलाई उसकी दिदी भगवती खड्का र बाबु नरबहादुर खड्काका साथै दिनेशकी साथी अनिता धितालले सहयोग गरेको खुलासा भएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस