काठमाडौं । कोभिड महामारीमा रगतको अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटीअन्तर्गत केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रगतको खाँचो बढ्दै गएको छ। समुदायमा कोभिड फैलिएसँगै रगत संकलनमा पनि कमी आएको छ। अर्कोतिर बुस्टर डोज लगाइरहेकाले पनि संकलन प्रभावित भएको छ।
कोभिड समुदायसम्म फैलिएको र खोपका कारण रगत संकलन प्रभावित भएको केन्द्रका कार्यकारी निर्देशक दिव्यराज पौडेल बताउँछन् । उनका अनुसार खोप लगाएको १४ दिनसम्म साइडइफेक्ट हुन सक्ने हुँदा रगत संलकन गर्न हुँदैन। केन्द्रका अनुसार दैनिक २ सय प्वाइन्ट रगतको माग छ। त्यस हिसाबले कम्तीमा दैनिक १ सय प्वाइन्ट संकलन हुनैपर्छ। तर, त्यसको आधा मात्रै संकलन भइरहेको पौडेलको भनाइ छ।
काठमाडौंमा मात्रै फल्सिमिया९अपुष्ट रगत०लगायत क्यान्सर, डाइलासिस, प्रसूतिलगायतका दीर्घ रोगका लागि कम्तीमा १ सय प्वाइन्ट रगत आपूर्ति हुनैपर्छ। फल्सिमियाको मात्रै ७० प्वाइन्ट रगत सातामा आपूर्ति हुन्छ। रक्तसञ्चार केन्द्र र कान्तिबाल अस्पतालसँग सातामा ४० प्वाइन्ट रगत फल्सिमिया भएका बालबालिकालाई दिनै पर्ने सम्झौता छ।
फल्सिमियामा ३० जना प्रौढ बिरामीका लागि रगत आपूर्ति हुनुपर्छ। यो रगतमा पनि गत सातादेखि समस्या भएको केन्द्रले जनाएको छ। शनिबार शिविर गरेर आइतबार दिनुपर्ने थियो तर मंगलबार मात्रै परिपूर्ति गर्न सकेको केन्द्रले जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ माघ २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेमा रगतको चरम अभाव: बिरामी समस्यामा
बिरामीलाई निःशुल्क रगत
सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा
पोखरामा रगत अभाव
चितवनमा रगतको अभाव, शल्यक्रियामा समस्या
कैलालीमा रगत अभाव