काठमाडौँ । नेपाली कांग्रेस शेखर कोइराला पक्षले स्थानीय तहको चुनाव वैशाखमा हुनुपर्ने बताएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ ।
सोमबार बसेको शेखर पक्षको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले आक्रोश पोखेका थिए । भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा काँग्रेसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्ने आवाज उठेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । ‘निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्छ ।
तर यहाँ त पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ’ उनले भने । कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल