लन्डन । बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।
यसअघिका विश्लेषणले नयाँ सहप्रजाति ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको थियो, तथापी वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् । सहप्रजातिलाई भेरियन्ट अफ कन्सर्न भने घोषणा गरिएको छैन् ।
सहप्रजातिबारे थप विश्लेषण गरिने युकेएचएसएले जनाएको छ । सहप्रजातिले आगामी साता बेलायतको महामारीलाई कसरी आकार दिन्छ भन्ने बारेमा प्रष्ट हुन बाँकी छ । सहप्रजातिले महामारीलाई कस्तो स्वरुपमा लैजान्छ भन्ने बारेमा विज्ञहरुले थप अनुसन्धान गरिरहेको युकेएचएसएका निर्देशक डा. मिरा चन्दले बताइन् ।
बेलायतमा सरकारले काेभिड प्रतिबन्धलाई खुकुलाे पार्ने तयारी गरेकाे छ । अब सार्वजनिक स्थलमा मास्कबिना नै हिँडडुल गर्न पाइने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ माघ २०७८, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनमाथि बेलायतले लगायो साइबर हमलाको आरोप
प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट
हुथी विद्रोहीको आधार शिविरमा अमेरिका र बेलायतकाे आक्रमण
बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट
बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन विदेश सचिवमा नियुक्त
प्रहरी महानिरीक्षक कुँवर बेलायतबाट स्वदेश फिर्ता