अष्ट्रेलियन ओपनः पूर्वविजेता अजारेन्का र साकरी चौथो चरणबाट बाहिर

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १३ : ३६
अष्ट्रेलियन ओपनः पूर्वविजेता अजारेन्का र साकरी चौथो चरणबाट बाहिर

काठमाडौं । पूर्व विजेता भिन्टोरिया अजारेन्का र मारिया साकरी अष्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएका छन् । 

आइतबार मेलवर्न पार्कमा भएको खेलमा बेलारुसकी अजारेन्का बारबोरा क्रेजिकोभासँग पराजित भएकी थिइन् । सन् २०१२ र २०१३ की विजेता अजारेन्का फ्रेन्च ओपन विजेता क्रेजिकोभासँग ६-२ ६-२ ले पराजित भएकी हुन् । 

यता, ग्रिसकी साकरी गत वर्ष क्वाटरफाइनल खेलेकी जेसिका पेगुलासँग ७-६ (७-०) ६-३ ले पराजित भइन् । अब, अन्तिम आठमा माडिसन किजले क्रेजिकोभासँग खेल्नेछिन् भने पेगुलाले शीर्ष वरीयताका एस्लेह बार्टी वा अमेरिकी अमान्डा एनिसिमोभासँग प्रतिस्पर्धा गर्नेछिन् । 

प्रतिक्रिया दिनुहोस