काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाखमा सञ्चालन गर्ने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा भने आगामी जेठमा सञ्चालन हुने भएको छ। शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार यसै साता परीक्षाका तालिका सार्वजनिक गरिनेछ । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकाले परीक्षा केहीपछि धकेल्ने निर्णय भएको हो ।
कोरोनाका कारण शैक्षिक कार्यक्रम र परीक्षा धकेलिदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ माघ २०७८, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक