विश्वकप छनोट अघि नेपालले टि-२०आई सिरिज खेल्ने

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, १२ : ४५
विश्वकप छनोट अघि नेपालले टि-२०आई सिरिज खेल्ने

काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले चार देश सम्मिलित टि-२०आई सिरिज खेल्ने भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाल, ओमान, आयरल्यान्ड र युएई गरि चार देशबीच हुने टि-२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

विश्वकप छनोट अघि तयारीको लागि आयोजना हुन लागेको उक्त सिरिजको पहिलो खेलमा नेपालले फेब्रुअरी ११ मा ओमानसँग खेल्ने छ ।  त्यस्तै, दोस्रो खेल फेब्रुअरी १२ मा युएई र तेस्रो तथा अन्तिम खेल नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ । 

फेब्रुअरी १५ देखि ओमान हुने तय भएकाे ग्लोबल छनोटका लागि नेपालले सन्दीप लामिछानको कप्तानीमा १६ सदस्य टोली घोषणा गरिसकेको छ ।