महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, १२ : ३७
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक

काठमाडौं । आउँदो जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा परेको छ ।

नेपालसहित १० टोली सहभागी हुने प्रतियोगिता जनावरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । जनवरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुनेछन् ।

प्रतिक्रिया दिनुहोस