आहा रारा गोल्डकप फुटबलमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, १२ : ०४
आहा रारा गोल्डकप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौ । आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् ।

आज पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । सो खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो । बीवाईएसी यूएसएले सिधै क्वार्टर फाइनल खेल्न लागेको हो ।

शुक्रबार भएको खेलमा भने पुलिसले पेनाल्टी सुटआउटमा हिमालयन शेर्पालाई हराएर क्वार्टर फाइनमा पुगेको हो । पोखरामा चलिरहेको २०औँ संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस