काठमाडौं । महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी रहेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४०अर्ब पुगेको छ ।
यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गर्री बैंक अर्बको क्लबमा उक्लिएको छ । त्यसै गरि गत आर्थिक बर्षको पौष मसान्त सम्मको खुद सञ्चालन मुनाफालाई ४१प्रतिशतले बृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले उल्लेख्य रुपमा खराब कर्जा घटाई गत बर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशत माझार्न सफल भएको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनी महानुभावहरुलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गर्न सफल बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिन तर्फ उन्मुख रहेको देखिन्छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको बैंकले ६ लाख ग्राहकहरुलाई उच्च स्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ माघ २०७८, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर