ब्रिटिश कलेजकी रिया मानन्धर बनिन् विश्व टप

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, १९ : १७
ब्रिटिश कलेजकी रिया मानन्धर बनिन् विश्व टप

काठमाडौँ । ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित विश्व टप गरेकी छन् । एसोसिएसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्ट -एसीसीए-मा उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् । विश्वभरका लाखौँ विद्यार्थीहरूलाई उछिन्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् । 

एसीसीए कार्यक्रम म्यानेजर दिपेन्द्र के श्रेष्ठ भन्छन्, ‘हामीलाई रिया माथि गर्व छ उनी कलेजको दोस्रो विश्व टपर हुन्, र उनी अरु विद्यार्थीका लागि प्रेरणा पनि हुन् । त्यस्तै, रियाले पनि कलेज र शिक्षकहरुलाई धन्यवाद दिँदै भनिन् ‘एसीसीएले नेपालका अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने भएर रोजेकी हुँ ।’