करिब सात हजार किलो महसहित काठमाडौंबाट एक जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, १४ : ४८
करिब सात हजार किलो महसहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले अखाद्य वस्तु मिसावट गरिएको करिब सात हजार किलो महसहित काठमाडौंबाट एक जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार नयाँबजार ज्याठाबाट स्पर्श हनी नामक ब्रान्डका सञ्चालक नरेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

सो महमा अखाद्य वस्तु मिसावट गरेको सूचनापछि प्रहरी टोलीले छापा मारेको थियो । परीक्षण गर्ने क्रममा महमा अखाद्य वस्तु मिसाइएको पुष्टि भएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

प्रहरीले उक्त सबै महसहित कच्चापदार्थलगायत सामग्री बरामद गरेको छ । त्यसमा सोडालगायत वस्तु मिसाएको पाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त मह प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गरिँदै आएको थियो । अखाद्य वस्तु मिसावट गर्नेलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस