हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, ११ : ५८
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्री दर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ९५ पैसा र बिक्री दर १३५ रुपैयाँ ६३  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ एक पैसा र बिक्री दर १६२ रुपैयाँ ८३ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९१ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ  र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा  छ भने कतारी रियाल  एकको खरिद दर ३२ रुपैयाँ ६६ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९९ पैसा र बिक्री दर १०  रुपैयाँ पाँच पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस