कोरोनाविरुद्धको खोप लगाउनेलाई ५ सय युरोको चिठ्ठा

एजेन्सी

शुक्रबार, ०७ माघ २०७८, ०८ : ०२
कोरोनाविरुद्धको खोप लगाउनेलाई ५ सय युरोको चिठ्ठा

एजेन्सी । अष्ट्रियाको सत्तारुढ सरकारले कोभिड १९ विरुद्धको खोप लगाउन प्रोत्साहन स्वरुप राष्ट्रिय चिठ्ठा प्रणाली लागु गर्ने घोषणा गरेको छ । सरकारले बिहीबार सो घोषणा गरेको हो । चिठ्ठा प्रणालीअन्र्तगत खोप लगाउने नागरिकले पुरस्कार स्वरुप सानो देखि ठुलो रकम प्राप्त गर्ने त्यहाँका चान्सलर कार्ल नेहम्मेरले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।

खोप लगाउने नागरिकले कुपन प्राप्त गर्ने छन् भने हरेक कुपनमार्फत ५ सय युरो जित्नेछन् । खोप चिठ्ठा उपलब्ध गराउँदा नागरिकहरु खोप लगाउन प्रोत्साहित हुने अपेक्षा गरिएको छ । खोप नलगाउनेलाई भने ६ सय युरो जरिवाना गराइने बताइएको छ । सो नियम बिहिबार संसदले पारित गर्ने र केहि दिनभित्रमा लागु गरिने बताइएको छ । 

पश्चि युरोपेली मुलुक अष्ट्रिया कोभिड १९ विरुद्ध सबैभन्दा कम खोप लगाउने मुलुकमा गनिन्छ । अष्ट्रियाका ७२ प्रतिशत मानिसले मात्र कोभिड १९ विरुद्ध पुर्ण खोप लगाएका छन् । त्यहाँ ओमिक्रोन भेरियन्ट तिब्र रुपमा फैलिइरहेको छ भने सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन नलगाउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस