एक्सपर्ट एजुकेशनको शैक्षिक परामर्श, विश्वविद्यालय र कलेजका विज्ञबाट काउन्सेलिङ

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १९ : ३६
एक्सपर्ट एजुकेशनको शैक्षिक परामर्श, विश्वविद्यालय र कलेजका विज्ञबाट काउन्सेलिङ

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले विद्यार्थीहरुका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।एक्सपर्ट कार्यालय भरतपुरमा बिहीबार आयोजित कार्यक्रममा अष्ट्रेलिया, क्यानडा र युकेका विश्वविद्यालय तथा कलेजका विज्ञहरुको प्रत्यक्ष सहभागितामा विद्यार्थीहरुलाई परामर्श दिइएको थियो ।

कोभिड संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै विद्यार्थीहरुलाई वान वन वान काउन्सेलिङ गरिएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । कार्यक्रममा विदेश जान चाहने विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो। कोभिडका लागि विद्यार्थीहरुलाई विभिन्न सिफ्टमा राखेरमा काउन्सेलिङ गरिएको उनले बताए । 

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई विभिन्न किसिमका उपहारसमेत प्रदान गरिएको थियो । कार्यक्रम विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको थियो । विगतमा भव्य रुपमा एजुकेशन फेयर आयोजना गरिएकोमा यसपटक कोभिडकै कारण वान वन वान काउन्सेलिङ गरिएको हो ।

अष्ट्रेलियामा मूख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको विश्वका विभिन्न देशमा गरी ४० भन्दा बढी शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेका छन् । एक्सपर्टले विद्यार्थीहरुलाई सही परामर्श दिँदै आइरहेको छ । जसका कारण यसवर्ष उत्कृष्ट कार्य गरेबापत् अष्ट्रेलियामा रहेका ७ वटा युनिभर्सिटी र कलेजहरुले एक्सपर्टलाई ९ वटा अवार्डबाट सम्मानित समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस