काठमाडौँ । राणाकालीन भवन केशरमहलबाट पुरातात्विक महत्वका दुईवटा तरबार र बाघको टाउको चोरीमा संलग्न दुईजना समातिएका छन् ।
केशरमहलबाट पुरातात्विक महत्वका सामग्री चोरेको अभियोगमा प्रहरीले त्यहीँ कार्यरत दुई जनालाई समातेको हो । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ का सुमन शर्मा र रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ वीरबहादुर सुनार रहेका हुन् । चोरीमा संलग्न थप दुई जनाको पनि खोजी भइरहेको छ । उनीहरु गणेश श्रीपाली भन्ने गणेश विश्वकर्मा र देवेन्द्र केसी हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उक्त चोरी प्रकरण गत सोमबार मात्र बाहिर आएको हो । अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पठाएको छ । उनीहरुले केशर पुस्तकालयको ठूलो कोठामा राखिएका ती सामग्री चोरेका थिए । उनीहरुले पुरातात्विक र महत्वका ती सामान बोरामा राखेर फालेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ